भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै

भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार १२:१९
भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै

काठमाडौँ : भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भइरहेका बेला उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुन् ।

ADVERTISEMENT

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने छन् ।

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १२:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !