टुटेश्वरनाथ महादेव मन्दिरमा मुख्यमन्त्री सिंहको पूजा–अर्चना, संरक्षण र विकासमा प्रतिबद्धता व्यक्त

टुटेश्वरनाथ महादेव मन्दिरमा मुख्यमन्त्री सिंहको पूजा–अर्चना, संरक्षण र विकासमा प्रतिबद्धता व्यक्त
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १३:०३
टुटेश्वरनाथ महादेव मन्दिरमा मुख्यमन्त्री सिंहको पूजा–अर्चना, संरक्षण र विकासमा प्रतिबद्धता व्यक्त

महोत्तरी : श्रावण महिनाको पवित्र सोमबारको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीस्थित ऐतिहासिक टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना गरेका छन्।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण टुटेश्वरनाथ मन्दिर परिसरमा आयोजित पूजापछि मुख्यमन्त्री सिंहले भने, “यो क्षेत्र हाम्रो आस्थाको धरोहर हो। यसको संरक्षण, सम्बर्द्धन र समुचित विकासमा प्रदेश सरकार प्रतिवद्ध छ।”

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले धार्मिक र सांस्कृतिक धरोहरको संरक्षणमा सरकार मात्र होइन, स्थानीय समुदायको समेत सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षसँग सहकार्यको आह्वान गरे। “हाम्रो आस्था र संस्कृतिको यो धरोहरलाई अझ सुन्दर र व्यवस्थित बनाउन हामी सबैको सहकार्य आवश्यक छ,” उनले भने।

श्रावण महिनाका सोमबार शिवभक्तहरूको ठूलो भीड लाग्ने टुटेश्वरनाथ मन्दिरमा यस वर्ष पनि हजारौं श्रद्धालुहरुको आगमन भएको थियो। मुख्यमन्त्री सिंहले टुटेश्वरनाथले सम्पूर्ण मधेशबासीको कल्याण गरून् भन्ने कामना पनि व्यक्त गरे।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १३:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !