सुरेश मण्डललाई खुला बहस गर्न विद्यार्थी नेता यादवको चुनौती

सुरेश मण्डललाई खुला बहस गर्न विद्यार्थी नेता यादवको चुनौती
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १७, शनिबार ११:५७
सुरेश मण्डललाई खुला बहस गर्न विद्यार्थी नेता यादवको चुनौती

जनकपुरधाम : विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिरेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका सचिव सुरेश मण्डललाई सार्वजनिक रूपमा खुला बहस गर्न चुनौती दिएका छन्।

उनले विगत सात वर्षसम्म मधेश प्रदेशको नेतृत्व जसपाले गरेकामा त्यस अवधिमा चुरे क्षेत्रको विनाश, वन अतिक्रमण रोकथाम तथा योजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्। ‘‘त्यति बेला सुरेश मण्डल आफैं राज्यमन्त्री थिए। त्यो सरकारकै पालामा चुरे दोहन बढ्यो, वन फडानी बढ्यो, भ्रष्टाचार संस्थागत भयो,’’ यादवले भने।

ADVERTISEMENT

अध्यक्ष यादवले जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार बनेको एक वर्ष दुई महिनामात्र भएको उल्लेख गर्दै छोटो अवधिमा सरकारको कामप्रति अनावश्यक आलोचना भइरहेको बताए। ‘‘जनमतको सरकार बनेपछि किन यति आतिने? अहिलेको सरकारले सुख्खा ग्रस्त क्षेत्रमा आफैं साधन–स्रोत जुटाएर राहत पु¥याइरहेको छ,’’ उनले भने, ‘‘संकटको बेला आलोचना होइन, समिक्षा र समाधान खोज्नुपर्छ।’’

यादवले मण्डललाई समसामयिक विषयमा तथ्यसहित सार्वजनिक बहस गर्न आह्वान गर्दै भने, ‘‘कुन सरकारको पालामा चुरेमा बढी दोहन भयो, बन फडानी भयो? आउनुस्, तथ्यसहित सार्वजनिक बहस गरौं। म तयार छु।’’

उनले वर्तमान सरकारद्वारा मधेश प्रदेशका लागि गरिएका कामलाई जनतामुखी र प्रभावकारी भनेका छन्। ‘‘मुख्यमन्त्री सतिशकुमार सिंह जनताको पक्षमा इमान्दार भएर काम गरिरहेका छन्,’’ यादवको भनाइ छ।

यादवले मधेश प्रदेश संकटको घडीमा रहेको बेला सरकार प्रत्यक्ष रूपमा मैदानमा उत्रिएको बताए। ‘‘सरकार जनताको पीडामा साथ दिन खडेरी प्रभावित क्षेत्रमै पुगेर काम गरिरहेको छ। अहिलेको सरकार कागजी योजना होइन, व्यवहारमै देखिने काम गरिरहेको छ,’’ उनले दाबी गरे।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिबार ११:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !