कांग्रेस र एमाले परित्याग गरी दर्जनौं नेता जनमतमा प्रवेश

कांग्रेस र एमाले परित्याग गरी दर्जनौं नेता जनमतमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार २२:१३
कांग्रेस र एमाले परित्याग गरी दर्जनौं नेता जनमतमा प्रवेश

सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

कञ्चनरुप नगरपालिका–६ मा आयोजित कार्यक्रममा जनमत पार्टी कञ्चनरुप नगर अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य सुवानन्द सरदार, उपेन्द्र प्रसाद साह, देवेन्द्र प्रसाद साह, रामकुमार साहलगायतले कांग्रेस परित्याग गरे।

ADVERTISEMENT

यस्तै, नेकपा एमालेबाट बेचन साह, कौशिला देवी साह, सरोज कुमार साह, कञ्चन साह, नितु कुमारी साहसहित झण्डै दुई दर्जन नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरी जनमत पार्टी रोजेका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष साहले नवप्रवेशीहरूलाई स्वागत गर्दै जनताको हक, अधिकार र न्यायका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे। उनले जनमत पार्टी जनताको भावना र अपेक्षाअनुरूप अघि बढिरहेको दाबी गर्दै पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा जनमत पार्टीका अन्य स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो। स्थानीयका अनुसार पार्टी प्रवेशसँगै कञ्चनरुपमा जनमत पार्टीको सांगठानिक उपस्थिती थप मजबुत बनेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार २२:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !