लहानमा मापदण्डविपरीत सञ्चालन भएका चार मिनरल वाटर उद्योगलाई जरिवाना

लहानमा मापदण्डविपरीत सञ्चालन भएका चार मिनरल वाटर उद्योगलाई जरिवाना
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १४, बुधबार १०:०८
लहानमा मापदण्डविपरीत सञ्चालन भएका चार मिनरल वाटर उद्योगलाई जरिवाना

सिरहा : मापदण्डविपरीत सञ्चालनमा रहेका लहानका चारवटा पिउने पानी प्रशोधन उद्योगहरूलाई कारबाही गरिएको छ। इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा मंगलबार सम्पन्न संयुक्त अनुगमनपछि ती उद्योगलाई जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।

कारबाहीमा परेका उद्योगहरूमा लहान–१ स्थित सीता मिनरल वाटर इन्डष्ट्री र फ्रेण्ड्स इन्टरनेसनल नेपाल, लहान–३ स्थित केबी एण्ड सन्स नेपाल, तथा धनगढीमाई–१० स्थित केएल मिनरल वाटर रहेका छन्।

ADVERTISEMENT

इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार ती उद्योगहरूले सरसफाइ, लेबेलिङ, म्याद, र खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि जरिवाना गरिएको हो।

संयुक्त अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहान, लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

प्रशासकीय अधिकृत रायका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस्ता अनुगमन कार्य निरन्तर जारी रहनेछ।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार १०:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !