सुख्खा संकटबीच धनकौल गाउँपालिकाको राहत घोषणा : सिँचाइका लागि डिप बोरिङ, सेवामा शून्य शुल्क

सुख्खा संकटबीच धनकौल गाउँपालिकाको राहत घोषणा : सिँचाइका लागि डिप बोरिङ, सेवामा शून्य शुल्क
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १३, मंगलवार २१:३२
सुख्खा संकटबीच धनकौल गाउँपालिकाको राहत घोषणा : सिँचाइका लागि डिप बोरिङ, सेवामा शून्य शुल्क

सर्लाही : मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै सर्लाहीको धनकौल गाउँपालिकाले प्रत्यक्ष प्रभावित नागरिकलाई राहत दिन ठोस निर्णयहरू गरेको छ।

गाउँपालिका अध्यक्ष रामआश्रय साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नागरिकलाई राहत हुने गरी विभिन्न सेवा निःशुल्क गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर शून्य गरिएको छ।

ADVERTISEMENT

यस निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। अध्यक्ष साहद्वारा जारी विज्ञप्तिमा सुख्खाको मारमा परेका जनतालाई सहज सेवा प्रवाह गर्न यस्तो निर्णय लिइएको उल्लेख गरिएको छ।

गाउँपालिकाले सुख्खाग्रस्त अवस्थाको असर खेपिरहेका कृषकहरूका लागि सिँचाइ योजनालाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। विशेषगरी पानीको अभाव समाधान गर्न डिप ट्युबवेल (बोरिङ) जडान कार्यलाई तीव्रता दिने जनाइएको छ।

अध्यक्ष साहको यो कदमलाई स्थानीयले संकटको घडीमा जनताको पीडा बुझेर गरिएको महत्वपूर्ण निर्णयका रूपमा लिएका छन्। स्थानीयहरू भन्छन्, “साहकै पहलमा ‘शून्य शुल्क’ नीति कार्यान्वयन भएको हो, जसले जनताको मन जितेको छ।”

गाउँपालिकाले सबै वासिन्दालाई यो सुविधा लिन पनि आग्रह गरेको छ। संकटको समयमा जनमुखी निर्णय लिएको भन्दै अन्य स्थानीय तहहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने आवाज उठ्न थालेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार २१:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !