जनकपुरधाममा प्रेस जनमत संघको केन्द्रीय बैठक सुरु

जनकपुरधाममा प्रेस जनमत संघको केन्द्रीय बैठक सुरु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ८, बिहीबार १४:२२
जनकपुरधाममा प्रेस जनमत संघको केन्द्रीय बैठक सुरु

जनकपुरधाम : प्रेस जनमत संघको केन्द्रीय कार्यसमितिको बैठक तथा प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ।

संघका केन्द्रीय अध्यक्ष अवधेश झाको अध्यक्षतामा सुरु भएको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

ADVERTISEMENT

संघका कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, पार्टी प्रवक्ता डा. शरदसिंह यादव, वन तथा वातावरणमन्त्री संजयकुमार यादवलगायत नेताहरूको उपस्थिति रहेको छ।

कार्यक्रममा प्रेस जनमत संघका केन्द्रीय सदस्यहरू, विभिन्न जिल्लाका संयोजकहरू तथा पार्टी निकट पत्रकारहरूको सहभागिता छ।

बैठकमा पत्रकारिता क्षेत्रका चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारकर्मीका हकहित, पेशागत मर्यादा र पार्टी–पत्रकार समन्वयका विषयमा विशेष छलफल भइरहेको संघले जनाएको छ।

आजबाट सुरु भएको बैठक तथा प्रशिक्षण कार्यक्रम भोली बिहानसम्म चल्नेछ।

प्रकाशित मिति: २०८२ श्रावण ८, बिहीबार १४:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !