डा. सीके राउतसहित जनमतका शीर्ष नेताहरू जनकपुरधाम आउदैँ

डा. सीके राउतसहित जनमतका शीर्ष नेताहरू जनकपुरधाम आउदैँ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ८, बिहीबार ०८:१३
डा. सीके राउतसहित जनमतका शीर्ष नेताहरू जनकपुरधाम आउदैँ

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित पार्टीका शीर्ष नेताहरू जनकपुरधाम आउँदैछन्।

पार्टी अध्यक्ष डा. राउतसहितको टोली आज बिहीवार बिहान १०:३० बजे काठमाडौंबाट जनकपुरधाम प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। उनीहरू प्रेस जनमत संघको केन्द्रीय कार्यसमिति बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउन लागेका हुन्।

ADVERTISEMENT

प्रेस जनमत संघको केन्द्रीय कार्यसमिति बैठक तथा प्रशिक्षण कार्यक्रम आज बिहान ११ :३० बजे जनकपुरधामस्थित राजदरबार होटलमा सुरु हुँदैछ। बैठकमा संघका केन्द्रीय अध्यक्ष अवधेश झाको अध्यक्षता रहनेछ भने जनमत पार्टी अध्यक्ष डा. राउत प्रमुख अतिथि रहनेछन्।

दुई दिने बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार बिहान १० बजेसम्म चल्ने जनाइएको छ। कार्यक्रममा मधेसका विभिन्न जिल्लाबाट पत्रकारहरूको सहभागिता रहने जनाइएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ८, बिहीबार ०८:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !