मधेश प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मधेश प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मधेशपत्र मधेशपत्र २०८२ असार ३२, बुधबार १७:४४
मधेश प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

जनकपुरधाम : मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले ‘मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’मा हस्ताक्षर गर्दै प्रमाणीकरण गरेकी हुन्।

ADVERTISEMENT

यी विधेयकहरू आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक कानुनी आधार हुन्। प्रदेशसभाले पारित गरेपछि प्रमाणीकरणका लागि प्रस्तुत गरिएका विधेयकहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि अब कार्यान्वयनमा जानेछन्।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार १७:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !