एमाले नेता झाको गुनासो : ‘एमाले मधेसमा पहिलो, तर मन्त्री एक जना पनि छैन’

एमाले नेता झाको गुनासो : ‘एमाले मधेसमा पहिलो, तर मन्त्री एक जना पनि छैन’
मधेशपत्र मधेशपत्र २०८२ असार ३१, मंगलवार २३:१३
एमाले नेता झाको गुनासो : ‘एमाले मधेसमा पहिलो, तर मन्त्री एक जना पनि छैन’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य संजिव कुमार झा ‘सुरज’ ले पार्टी नेतृत्वप्रति गुनासो पोखेका छन् ।

संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि नेता सुरजले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको प्रतिनिधित्वप्रति प्रश्न उठाएका हुन् ।

ADVERTISEMENT

सुरजले लेखेका छन्, “बोल्दा जात र समुदायको कुरा गर्‍यो भन्नु होला, तर अब एमालेको कोटाबाट एक जना पनि मधेसी मन्त्री छैनन्। तर भोटमा एमाले मधेसमा पहिलो पार्टी हो। जय हो!”

 

एमालेले पछिल्लो संघीय निर्वाचनमा मधेस प्रदेशका धेरै स्थानमा अग्रता हासिल गर्दै मधेसमा आफ्नो प्रभाव बढाएको थियो। तर संघीय मन्त्रिमण्डलमा मधेसबाट प्रतिनिधित्व नपाएको भन्दै नेता सुरजले नेतृत्वप्रति असन्तोष जनाएका छन्।

गुप्ताले मंगलबार मन्त्री पदबाट राजीनामा दिएपछि मधेसबाट एमाले कोटामा अब एक जना पनि मन्त्री नरहेको तथ्य औंल्याउँदै उनले मधेसको उपेक्षा गरिएको संकेत गरेका छन्।

पार्टीभित्रकै नेताबाट उठेको यस्तो गुनासोले एमालेको समावेशी नीति र आन्तरिक समिकरणमाथि पनि प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार २३:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !