दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ असार ३०, सोमबार २३:३१
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ : दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुईजनाको निधन भएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवैजनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमबार २३:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !