नेकपा एमाले मधेश प्रदेश संसदीय दलको उप–नेतामा महम्मद समिर नियुक्त

नेकपा एमाले मधेश प्रदेश संसदीय दलको उप–नेतामा महम्मद समिर नियुक्त
मधेशपत्र मधेशपत्र २०८२ असार २३, सोमबार २१:३४
नेकपा एमाले मधेश प्रदेश संसदीय दलको उप–नेतामा महम्मद समिर नियुक्त

जनकपुरधाम : नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलले बारा क्षेत्र नं. ३(२) बाट निर्वाचित प्रदेशसभा सदस्य महम्मद समिरलाई उप–नेताको जिम्मेवारी दिएको छ।

संसदीय दलका नेता सरोज कुमार यादवले आज एक पत्रमार्फत समिरलाई उप–नेता पदमा नियुक्त गरिएको जानकारी दिएका हुन्। पत्रमा उल्लेख भएअनुसार समिरलाई आजकै मितिदेखि लागू हुने गरी उप–नेता नियुक्त गरिएको हो।

ADVERTISEMENT

नेता यादवले समिरको सफल कार्यकालको शुभकामना पनि दिएका छन्। समिर अहिले मधेश प्रदेशसभामा सक्रिय सांसदको रूपमा क्रियाशील छन्।

एमाले संसदीय दलमा नेतृत्वको संरचना मजबुत बनाउन तथा संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिँदै उप–नेता नियुक्त गरिएको बताइएको छ।

यससँगै एमाले मधेश प्रदेशमा समिरको भूमिका थप महत्वपूर्ण बन्ने देखिएको छ।

 

प्रकाशित मिति: २०८२ असार २३, सोमबार २१:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !