सर्लाहीमा पोखरी खन्ने क्रममा शिवलिङ्ग फेला, धार्मिक चहलपहल बढ्यो

सर्लाहीमा पोखरी खन्ने क्रममा शिवलिङ्ग फेला, धार्मिक चहलपहल बढ्यो
मधेशपत्र मधेशपत्र २०८२ असार १९, बिहीबार ०९:३३
सर्लाहीमा पोखरी खन्ने क्रममा शिवलिङ्ग फेला, धार्मिक चहलपहल बढ्यो

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियास्थित मुक्तेश्वरनाथ सामुदायिक वनमा पोखरी खन्ने क्रममा शिवलिङ्ग फेला परेको छ।

हरिपुर नजिकै रहेको सामुदायिक वन क्षेत्रभित्र पोखरी उत्खनन गर्दै गर्दा शिवलिङ्ग भेटिएपछि स्थानीयवासी उत्साहित बनेका छन्। सामुदायिक वन उपभोक्ता समूहले करिब डेढ किलोमिटरभित्र पोखरी खन्दै गर्दा उक्त शिवलिङ्ग फेला परेको हो।

ADVERTISEMENT

स्थानीयका अनुसार फेला परेको शिवलिङ्ग सामान्यभन्दा फरक देखिने खालको छ। शिवलिङ्ग देखिएपछि सो क्षेत्रमा धार्मिक चहलपहल बढेको छ। स्थानीयहरूले पूजाआजा, भजनकीर्तन तथा धार्मिक अनुष्ठान सुरु गरेका छन्।

हाल दैनिक सयौँ श्रद्धालु दर्शनका लागि त्यहाँ पुग्न थालेको मुक्तेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहले जानकारी दिएको छ। समूहले शिवलिङ्गको संरक्षण र व्यवस्थापनका लागि योजना बनाइरहेको जनाएको छ।

‘प्राकृतिक रूपमा उत्पत्ति भएको शिवलिङ्गलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ,’ स्थानीयवासीको भनाइ छ। उनीहरूले मन्दिर निर्माणको तयारीसमेत थालेका छन्।

साउन महिनालाई लक्षित गर्दै शिवलिङ्ग फेला परेको स्थानमा मेला आयोजनाको तयारी भइरहेको स्थानीयले बताएका छन्। साउनको प्रत्येक सोमबार ठूलो संख्यामा भक्तजन भेला हुने अनुमान गरिएको छ।

 

प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ०९:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !