बटेश्वरको चित्रपुरमा आँप मेला, ४० भन्दा बढी जातको प्रदर्शनी

बटेश्वरको चित्रपुरमा आँप मेला, ४० भन्दा बढी जातको प्रदर्शनी
विजयकुमार साह विजयकुमार साह २०८२ असार १३, शुक्रबार १०:०३
बटेश्वरको चित्रपुरमा आँप मेला, ४० भन्दा बढी जातको प्रदर्शनी

ढल्केवर (धनुषा) : धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा दुई दिने ‘आँप मेला महोत्सव–२०८२’ आयोजना हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा यहि असार १४ र १५ गते मेला हुने जानकारी आयोजक समितिले दिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। आयोजकले चित्रपुर क्षेत्रलाई ‘आँप पर्यटन नाका’को रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

ADVERTISEMENT

मेला समितिका सदस्य फुलगेन मगहीका अनुसार यो दोस्रो संस्करणको आँप मेला हो। मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट तयार गरिएका विभिन्न परिकार—जुस, अचार लगायत—प्रदर्शनीमा राखिनेछ। “मेलामा आउने पाहुनालाई निःशुल्क आँप खुवाउने, बगैंचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने, र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रम समेत समावेश गरिएको छ,” उनले मधेशपत्रसंग भने।

मगहीका अनुसार चित्रपुर क्षेत्रमा हाल तीन सय बिघाभन्दा बढी क्षेत्रफलमा आँपका बगैंचाहरू फैलिएका छन्। बटेश्वर गाउँपालिका पूर्वपश्चिम राजमार्गसँग नजिकै भएकाले यो क्षेत्रलाई कृषि तथा ग्रामीण पर्यटनको गन्तव्य बनाउन सकिने उनको भनाइ छ।

उनले थपे, “हामी यो मेलामार्फत चित्रपुरको आँपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरेका छौँ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउनेछ।”

कृषि विभागको तथ्यांकअनुसार, देशभर उत्पादन हुने कुल आँपको ७७.१ प्रतिशत योगदान मधेश प्रदेशको रहेको छ। यसै आधारमा चित्रपुर जस्ता आँप उत्पादक क्षेत्रलाई कृषि पर्यटनसँग जोड्दै अघि बढ्ने उद्देश्य आयोजकको रहेको छ।

 

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १०:०३
विजयकुमार साह

विजयकुमार साह

लेखक


तपाईको प्रतिक्रिया !