धनुषाको बटेश्वरमा ३० करोडको लगानीमा मार्बल उद्योग सञ्चालनमा

धनुषाको बटेश्वरमा ३० करोडको लगानीमा मार्बल उद्योग सञ्चालनमा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २९, बिहीबार ०९:१८
धनुषाको बटेश्वरमा ३० करोडको लगानीमा मार्बल उद्योग सञ्चालनमा

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका–४ विगही नदी किनारमा निजी लगानीमा मार्बल उद्योग सञ्चालनमा आएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका व्यवसायी राकेश महतोले झण्डै ३० करोड रुपैयाँ लगानीमा ‘सगुन स्टोन इन्टरनेश्नल प्रा.लि.’ नामक उद्योग सञ्चालनमा ल्याएका हुन्।

ADVERTISEMENT

विगत २० वर्षदेखि जनकपुरमा मार्बलको थोक तथा खुद्रा व्यवसाय गर्दै आएका महतोले जेठ २३ गते आफ्नै बुबा योगेन्द्र महतो र आमा राजकली देवीबाट उद्योगको उद्घाटन गराएका हुन्।

महतोका अनुसार अबदेखि भारतबाट मालसामान आयात गरेर व्यापार गर्नेभन्दा पनि आफ्नै उत्पादनमा आधारित व्यवसाय गर्न सहज हुने विश्वासका साथ उद्योग स्थापना गरिएको हो।

उद्योगमा विभिन्न प्रकारका मार्बल उत्पादन गरिनेछ। ती मार्बलहरू नेपालकै बजारमा बिक्री गरिने महतोले जानकारी दिए।

मार्बल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतको बेङ्लुरु र राजस्थानबाट आयात गरिने छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार ०९:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !