प्रेस जनमत संघ बारा अध्यक्षमा अनिल पण्डेय

प्रेस जनमत संघ बारा अध्यक्षमा अनिल पण्डेय
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २४, शनिबार २०:१६
प्रेस जनमत संघ बारा अध्यक्षमा अनिल पण्डेय

जनकपुरधाम : जनमत पार्टी निकट प्रेस जनमत संघ बाराको विस्तारित बैठकले अनिल पण्डेयको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरेको छ।

शनिबार संघको नेतृत्व परिवर्तनसहित संगठनात्मक विषयमा छलफल गर्न बोलाइएको बैठकले निवर्तमान अध्यक्ष अमरेश पाण्डेय र उमेश दुबेलाई संघको केन्द्रीय सदस्यका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

ADVERTISEMENT

कलैयामा सम्पन्न बैठकमा जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, नेता प्रभु पटेल, ओमप्रकाश साह, संतोष पटेललगायतको उपस्थिति रहेको थियो।

बैठकमा संगठनलाई थप सशक्त बनाउने, पत्रकारको हकहितको संरक्षण गर्ने र स्थानीय तहमा प्रेस जनमत संघको पहुँच विस्तार गर्ने विषयमा छलफल गरिएको जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष अनिल पण्डेयले कार्यसमिति गठनसँगै संघलाई थप क्रियाशील र प्रभावकारी बनाउने लक्ष्यसहित काम अघि बढाउने बताएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार २०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !