कमलदह पर्यटकीय स्थलको निरीक्षणमा डा. जय कान्त राउत, समयमै गुणस्तरीय निर्माणको आग्रह

कमलदह पर्यटकीय स्थलको निरीक्षणमा डा. जय कान्त राउत, समयमै गुणस्तरीय निर्माणको आग्रह
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २४, शनिबार १०:२३
कमलदह पर्यटकीय स्थलको निरीक्षणमा डा. जय कान्त राउत, समयमै गुणस्तरीय निर्माणको आग्रह

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतले सप्तकोशी नगरपालिका–११ मा निर्माणाधीन कमलदह पर्यटकीय स्थलको शनिबार बिहानै निरीक्षण गरेका छन्।

डा. राउत राष्ट्रिय योजना आयोगका सदस्य रहेका बेला आफ्नै पहलमा संघीय सरकारबाट बजेट विनियोजन गराई रु २ करोड ५२ लाख ७८ हजार ६४१ रुपैयाँ ५८ पैसामा निर्माण सम्झौता गरिएको थियो। कमलदहलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित परियोजना अघि बढाइएको हो।

ADVERTISEMENT

निर्माण कार्य श्री गुम्दा छिन्नमस्ता आर.एस.जे.भी. नामक निर्माण कम्पनीमार्फत सम्पन्न हुँदैछ। सम्झौताअनुसार यसै आर्थिक वर्षको असार १५ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ।

निरीक्षणका क्रममा डा. राउतले पर्यटन विकासले स्थानीय तहमा रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै गुणस्तरीय निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनी र सरोकारवालालाई आग्रह गरे।

“कमलदहको धार्मिक र सांस्कृतिक महत्वलाई जगेर्ना गर्दै पर्यटकीय पूर्वाधार विस्तार गर्नु हाम्रो साझा उद्देश्य हो,” उनले भने, “स्थानीयवासीको सहयोग बिना यो सम्भव हुँदैन।”

स्थानीयबासीहरूले समेत स्थलको संरक्षण र प्रवर्द्धनमा सकृय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूका अनुसार कमलदह क्षेत्रलाई धार्मिक मेलाहरू, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको छ।

यस परियोजनाबाट सप्तरीको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार १०:२३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !