३८ वर्षपछि राजविराज बसपार्क सञ्चालनमा

३८ वर्षपछि राजविराज बसपार्क सञ्चालनमा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १६, शुक्रबार १२:११
३८ वर्षपछि राजविराज बसपार्क सञ्चालनमा

सप्तरी : राजविराज नगरपालिका–२ स्थित राजदेवी टोलमा निर्माण भएको बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ।

नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले बिहीबार एक समारोहका बीच बसपार्कको उद्घाटन गरिन्।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख परविनले बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारी चाप कम हुने बताइन्।

‘विगतमा बसपार्क नहुँदा सवारी व्यवस्थापन र बजार सञ्चालनमा समस्या थियो,’ उनले भनिन्, ‘अब लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कबाटै सञ्चालन हुनेछन्।’

बसपार्क सञ्चालनमा नआँउदा राजविराजमा लामो समयदेखि सवारी व्यवस्थापन अस्तव्यस्त थियो।

यसअघि चारपटकसम्म बसपार्कको शिलान्यास गरिएको थियो। पहिलोपटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले, दोस्रोपटक २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले, तेस्रोपटक २०५२ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले र चौथोपटक २०७४ सालमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा तथा तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

२०७४ सालपछि निर्माण कार्य तीव्र रुपमा अघि बढेको थियो।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार १२:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !