महोत्तरीको मनहरवा टोलमा ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न

महोत्तरीको मनहरवा टोलमा ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार १२:४८
महोत्तरीको मनहरवा टोलमा ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम सम्पन्न

महोत्तरी : जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत ईलाका प्रहरी कार्यालय गौशालाले ‘अल्पसंख्यकसँग प्रहरी’ नामक नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ।

गौशाला नगरपालिका–७ स्थित मनहरवा टोलमा आयोजना गरिएको कार्यक्रममा प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीसहित स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो। मुसहर, पासवान, चमार लगायतका अल्पसंख्यक समुदायका २० घरधुरीका ४५ जना महिलापुरुषहरुको सहभागी थिए।

ADVERTISEMENT

कार्यक्रमका क्रममा प्रहरी टोलीले समुदायको घरदैलोमा पुगेर उनीहरूले भोगिरहेका समस्या र पीरमर्का बुझेको थियो। सहभागीहरूले आर्थिक अभावका कारण बालबालिका विद्यालय जान नसकेको, रोजगारीको अवसरको अभाव रहेको र खानेपानीको समस्या रहेको गुनासो गरेका थिए।

प्रहरी निरीक्षक भण्डारीले स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वय गरी समस्याको समाधानतर्फ यथासक्य पहल गर्ने प्रतिबद्धता जनाए। उनले बालविवाह, बहुविवाह, मदिरा सेवनका कारण उत्पन्न पारिवारिक समस्या लगायतका विषयमा पनि सचेतना दिँदै अपराधमुक्त समाज निर्माणमा प्रहरी र नागरिकबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार १२:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !