लायन्स क्लब अफ जनकपुरधामद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

लायन्स क्लब अफ जनकपुरधामद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार २१:००
लायन्स क्लब अफ जनकपुरधामद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

जनकपुरधाम : लायन्स क्लब अफ जनकपुरधामले आफ्नो ४८ औँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, जनकपुरधाममा आश्रित लक्ष्मीनारायणहरुलाई आवश्यक खाद्यान्न सामग्री सहयोग गर्नुका साथै बिहानको भोजन सेवा उपलब्ध गराएको छ।

सेवामूलक भावनाका साथ आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष सुशील सिंहको नेतृत्वमा पूर्व अध्यक्षहरू ऋषिकेश शाह, रामबाबु गुप्ता, ज्ञानेन्द्र देव, रामप्रकाश शाह, बिसनाथ शाह, गोपालप्रसाद शाहलगायतको सक्रिय उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा क्लबका उपाध्यक्ष प्रसुन मिश्र, सदस्यहरू रामजीवन शाह, डा. रोशन शाह, डा. सन्तोष शाह, संजय सहनी लगायतले पनि सहभागिता जनाएका थिए।

मानवसेवा आश्रम परिवारले लायन्स क्लब अफ जनकपुरधामप्रति यस सहयोगका लागि आभार प्रकट गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार २१:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !