लोडसेडिङको हल्ला सोसल मिडियाकै हल्ला मात्रै हो : ऊर्जामन्त्री खड्का

लोडसेडिङको हल्ला सोसल मिडियाकै हल्ला मात्रै हो : ऊर्जामन्त्री खड्का
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार १४:४४
लोडसेडिङको हल्ला सोसल मिडियाकै हल्ला मात्रै हो : ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हाल देखिएको लोडसेडिङको चर्चा निराधार भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्लालाई सस्तो लोकप्रियता कमाउने प्रयास भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेका छन्।

बुधबार बसेको संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले अहिले देशमा पर्याप्त मात्रामा विद्युत उपलब्ध रहेको प्रस्ट पारे।

ADVERTISEMENT

उनका अनुसार, “यो हिउँदमा हामीले १ हजार ५ मेगावाटसम्म विद्युत आयात गरेका थियौँ। अहिले आवश्यकताअनुसार आयात क्रमशः घट्दै गएको छ। अस्तिसम्म पनि ३ सय ५० मेगावाट विद्युत आयात गरिरहेका थियौँ, तर आजको तथ्याङ्क अनुसार हामी १ सय ५० मेगावाट विद्युत निर्यात गरिरहेका छौँ। यसको अर्थ हामीसँग विद्युत उब्जिएको छ, लोडसेडिङको कुनै आवश्यकता छैन।”

मन्त्री खड्काले लोडसेडिङबारे भइरहेको चर्चा भ्रमपूर्ण भएको दाबी गर्दै भने, “यो सामाजिक सञ्जालको हल्ला मात्र हो। देशमा लोडसेडिङ हुने कुनै सम्भावना छैन।”

सरकारले आगामी दिनमा विद्युत आपूर्तिमा थप सुधार ल्याउने योजना रहेको पनि उनले बताए।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १४:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !