सर्वोच्चद्वारा सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज

सर्वोच्चद्वारा सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३१, बुधबार १३:३६
सर्वोच्चद्वारा सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको थुनाबारे दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।

उनकी श्रीमती ललिताकुमारी यादवले यादवलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय ललितपुर र जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।

ADVERTISEMENT

तर, सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले मंगलबार उक्त रिट खारेज गर्दै यादवको थुनामा कुनै गैरकानुनी पक्ष नरहेको ठहर गरेको हो।

सुरेन्द्र नारायण यादवविरुद्ध ललितपुर जिल्ला प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा उजुरी दर्ता भएको थियो। जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई प्रहरीले ७ वैशाखमा पक्राउ गरेको हो।

जनमत पार्टीको कार्यालय सञ्चालनका लागि किनेको काठमाडौंस्थित एक घर श्रीमतीको नाममा दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो। यही विषयमा उनलाई ठगी र आपराधिक विश्वासघातको आरोप लागेको जनाइएको छ।

 

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १३:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !