उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १२, शनिबार २३:२६
उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार कार्यमा खटिन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा ‘र्यापिट टिम’को आज बसेको संयुक्त बैठकले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्को परिस्थितिमा उद्धार कार्यमा खटिन आफ्ना सबै तहका सदस्यहरुलाई आठ बुँदे निर्देशन जारी गरेको हो ।

ADVERTISEMENT

आफूले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्न सुझाव दिँदै अनावश्यक प्रचारबाजी नगर्न सूसुचितसमेत गराएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । “देशमा आपत् परेको बेला हामीले आफ्नो लागि युनिफर्म खोजिरहने होइन, जिम्मेवार नागरिकका रूपमा उद्धार कार्यमा खटिनु पर्र्छ”, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिन आग्रह गर्दै रास्वपाले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न निर्देशन दिएको हो ।

कार्यवाहक प्रवक्ता झाले उद्धारका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन पार्टी पङ्क्तिलाई निर्देशन दिएको बताउनुभयो । यस्तै सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार २३:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !