सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा

सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १२, शनिबार २३:००
सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा

सिरहा : लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका–४ स्थित सुन्दरपुरमा बलान नदीमा आएको बाढी बस्तीमा पसेको छ । पानीको बहाव उच्च हुँदा नदीले तटबन्द भत्काएर बस्ती पसेको हो ।

घरका सामान र लत्ताकपडा नजिकैै रहेको मदरसामा सारिएको पीडित मो. सदरुर मियाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्कासि बाढी बस्ती प्रवेश गरेपछि ज्यान जोगाउन मानिसहरूको भागाभाग भयो । बाढी अलि कम भएपछि बाँकी रहेका भाँडाकुँडा र लत्ताकपडा मदरसामा सारिएको छ ।” रातभर कसरी बस्ने भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

वर्षा जारी रहे वडा कार्यालयसँग समन्वय गरी बस्तीका मानिसहरूलाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी बस्ती पसेपछि सुन्दरपुर र इस्लामपुरका करिब ७० घरपरिवार बिचल्लीमा परेका छन् । प्रभावितहरूलाई सार्वजनिक हलमा खानेबस्ने व्यवस्थासहित सार्ने तयारी गरिएको वडा नं ४ का वडाअध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार २३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !