धनुषाका चर्चित टिकटोकर बुदुर पासवानको निधन

धनुषाका चर्चित टिकटोकर बुदुर पासवानको निधन
राधेश्याम राउत राधेश्याम राउत २०८३ कार्तिक ३०, सोमबार १८:३०
धनुषाका चर्चित टिकटोकर बुदुर पासवानको निधन

जनकपुरधाम : धनुषाका चर्चित टिकटोकर बुदुर पासवानको निधन भएको छ। सामाजिक सञ्जाल टिकटकमा हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक भिडियोका कारण परिचित बनेका पासवानको आज अपराह्न निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित जनकपुर सडकखण्डको छेउमा उनी सिकिस्त बिरामी अवस्थामा फेला परेका थिए।

ADVERTISEMENT

प्रहरीका अनुसार पासवान सडक छेउमा रगत वान्ता गरेको अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि जनकपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

सामाजिक सञ्जाल टिकटकमा सामान्य जनजीवन, हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक विषयवस्तु समेटिएका भिडियो बनाउँदै आएका पासवान स्थानीय दर्शकमाझ निकै लोकप्रिय थिए। उनको सहज प्रस्तुति र हास्य शैलीलाई दर्शकले रुचाउने गरेका थिए।

उनले टिकटकका विभिन्न चर्चित व्यक्तित्वहरूसँग समेत भिडियो बनाएका थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै उनलाई चिन्ने तथा उनका भिडियो हेर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुःख व्यक्त गरिरहेका छन्।

बुदुर पासवानको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार १८:३०
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !