दनुवार समुदायको ऐतिहासिक कार्यक्रम सम्पन्न

दनुवार समुदायको ऐतिहासिक कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २८, शनिबार १३:३२
दनुवार समुदायको ऐतिहासिक कार्यक्रम सम्पन्न

जनकपुरधाम : “शिक्षा नै समृद्ध समाज निर्माणको आधार हो” भन्ने मूल नाराका साथ दनुवार समुदायको ऐतिहासिक शैक्षिक सम्मान तथा चेतनामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

हकरोलिया दनुवार शिक्षा सुधार समिति, रघुनाथपुरको आयोजना तथा ज्ञान ज्योति युवा क्लब, खैरबोनाको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

ADVERTISEMENT

कार्यक्रममा धनुषाको सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनुषाधाम नगरपालिका भित्र रहेका दनुवार समुदायका २२ वटा टोलका स्वजातीय महानुभावहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।

हकरोलिया दनुवार शिक्षा सुधार समितिका अध्यक्ष श्री नागेश्वर कुमर दनुवारको सभापतित्वमा सम्पन्न उक्त समारोहमा श्री श्याम सुन्दर अधिकारी दनुवार प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।

त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्री रामनारायण अधिकारी दनुवार, श्री विनोद अधिकारी दनुवार, श्री श्यामलाल अधिकारी दनुवार, श्री परशुराम कुमर दनुवार र श्री बद्री अधिकारी दनुवारको उपस्थिति रहेको थियो।

समारोहमा विशेष अतिथिका रूपमा डा. रिनेश अधिकारी दनुवार र श्री दीपेन्द्र धामी दनुवार सहभागी हुनुहुन्थ्यो भने अतिथिहरूमा श्री श्रीनारायण कुमर दनुवार, श्री कदमलाल अधिकारी दनुवार, श्री दीपनारायण कुमर दनुवार, श्री सञ्जीव सिंह दनुवार र श्री सन्तोष सिंह दनुवार रहनुभएको थियो। कार्यक्रमको सञ्चालन श्री रञ्जित कुमर र सुश्री सृष्टि धामीले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रमलाई सफल बनाउन २२ वटै टोलका गाउँ समन्वयकर्ताहरू अतिथिका रूपमा सहभागी भएका थिए। जसमा टोकीबाट श्री राम तपेश्वर धामी, गणेशपुरबाट श्री सञ्जय चौधरी दनुवार, खैरबोनाबाट श्री रामएकवाल कुमर, बरकुर्वाबाट श्री राधे अधिकारी, सिरकाटोलबाट श्री रामएकवाल कुमर, बिचला टोलबाट श्री इन्दल कुमर, हकरोल टोलबाट श्री अमित धामी, नयाँ टोलबाट श्री नन्द बाबु अधिकारी, प्रसाहीबाट श्री राजेश्वर देवहर र श्री नवल कुमर, पतेर्वाबाट श्री सन्तोष कुमर दनुवार, कोथियाबाट श्री अजय धामी, बलतियाबाट श्री दिलिप धामी, बरमझियाबाट श्री शिव शंकर धामी, जुरीबाट श्री रमेश कुमर, लखनपुरबाट श्री मनलाल कुमर दनुवार, धनगढीबाट श्री बेचन अधिकारी दनुवार, गौरीपुरबाट श्री प्रेमलाल अधिकारी, चितहाबाट श्री श्रवण अधिकारी लगायत सर्सा, सोनापुर र डुमरिया टोलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनसँगै आयोजक संस्था हकरोलिया दनुवार शिक्षा सुधार समिति परिवार रघुनाथपुर र ज्ञान ज्योति युवा क्लब खैरबोनाका तर्फबाट शेखर अधिकारी दनुवारले एक धन्यवाद सन्देश जारी गर्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने २२ वटै टोलका स्वजातीय दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

यसैगरी सबैला नगरपालिकाको मेयर पदका प्रत्यासी बीपी साहले दनुवार जातीको बसोबास रहेको गाउॅहरूलाई बिशेष संरक्षित क्षेत्रको रूपमा घोषणा गराउन पहल गर्ने बताए ।

साहले दनुवार समुदाय यसक्षेत्रलाई मानिस बस्ने योग्य बनाउने कार्य गरेको जिकिर गर्दै दनुवार जातीको शिक्षा र आर्थिक सुधारको लागी काम गर्न आवश्यक रहेको बताएका छन्। उनले एक भिडियो संदेश जारी गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

साथै, समितिले स्वदेश तथा विदेशमा रहेर आर्थिक एवं नैतिक सहयोग पुर्‍याउने मनकारी दाता तथा तिनका परिवारजन, स्वर्णिम सहभागिता जनाउने खैरबोनावासी हरेक घरपरिवार, र कार्यक्रमका लागि टेन्ट तथा साउन्ड सिस्टम उपलब्ध गराउने दाता रमेश कुमरप्रति धन्यवाद दिइएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार १३:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !