लागूऔषध कारोबारी समात्न दुई राउण्ड हवाइ फायर

लागूऔषध कारोबारी समात्न दुई राउण्ड हवाइ फायर
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार २०:२९
लागूऔषध कारोबारी समात्न दुई राउण्ड हवाइ फायर

काठमाडौं : प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न काठमाडौंमा दुई राउण्ड हवाइ फायर गरेको छ । तारकेश्वर नगरपालिका–५ मा खटिएको प्रहरीले हवाइ फायर गरेर कारोबारीलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहोराका अनुसार घटनामा वीरगञ्ज निवासी अन्दाजी ३० वर्षीय बासुदिन मियाँ पक्राउ परेका छन् । ‘पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाइ फायर गर्नु परेको हो,’ उनले भने ।

ADVERTISEMENT

प्रहरीले उनको साथबाट ३०० ग्राम लागूऔषध खैरो हेरोइनसमेत बरामद गरेको छ । प्रहरीले उनी भारतीय सीमावर्ती क्षेत्रबाट काठमाडौंमा लागूऔषध भित्र्याउने गिरोहमध्येको एक प्रमुख सदस्य भएको दाबी गरेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार २०:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !