कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार १२:००
कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समितिबाट सात जना निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितितर्फका सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको इतिहासमा पहिलो पटक जनसम्पर्क समितिबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो।

निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत पाइन्।

ADVERTISEMENT

यस्तै, जनसम्पर्क समितिको युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत प्राप्त गरे।

ओसियाना–अमेरिका क्षेत्रबाट विद्याभूषण कार्की निर्वाचित भएका छन्। उनले १ हजार ९५१ मत प्राप्त गरेका छन्। मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल २ हजार ९४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ १ हजार ९२० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। भारतबाट बालकृष्ण पाण्डेले ३ हजार ८२७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा स्थान बनाएका छन्।

कांग्रेसले विधान संशोधन गरी जनसम्पर्क समितितर्फबाट महिला दुईसहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको थियो। यस महाधिवेशनमा २१ वटा जनसम्पर्क समिति सहभागी भएका थिए।

प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार १२:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !