विदेहमा कांग्रेसको १५ औँ नगर अधिवेशन सम्पन्न, गणेश शाह सभापतिमा सर्वसम्मत

विदेहमा कांग्रेसको १५ औँ नगर अधिवेशन सम्पन्न, गणेश शाह सभापतिमा सर्वसम्मत
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १०, शनिबार १८:४७
विदेहमा कांग्रेसको १५ औँ नगर अधिवेशन सम्पन्न, गणेश शाह सभापतिमा सर्वसम्मत

जनकपुरधाम : नेपाली कांग्रेस विदेह नगरपालिकाको १५औँ नगर अधिवेशन सम्पन्न भएको छ। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चौकमा शनिबार सम्पन्न अधिवेशनले नगर कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट गणेश शाह नगर सभापतिमा सर्वसम्मत चयन भएका छन्। त्यस्तै योगेन्द्र यादव उपसभापति, कुशुम देवी शर्मा महिला उपसभापति, जीबछ तिवारी सचिव र रतनेश यादव सहसचिवमा चयन भएका छन्।

ADVERTISEMENT

अधिवेशनमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

नवनिर्वाचित नगर कार्यसमितिले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा स्थानीय तहमा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनमा स्थानीय कांग्रेस नेताकार्यकर्ताको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार १८:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !