विद्या भण्डारी एमालेको वरिष्ठ नेता

विद्या भण्डारी एमालेको वरिष्ठ नेता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १५:५९
विद्या भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउन लागिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिवालय बैठकमा यसबारे जानकारी दिएका छन्। अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गर्न लागेको सचिवालयमा जानकारी गराएको एक नेताले बताए।

ADVERTISEMENT

‘पूर्वराष्ट्रपतिज्यूलाई वरिष्ठ नेतामा प्रस्ताव गर्ने सचिवालय बैठकमा जानकारी दिनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने।
केहीबेरमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। त्यसमा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव राख्ने भएका हुन्।

यसअघि २०८२ साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय गराएका थिए। तर, पार्टीभित्र सचिवालयमा अल्पमतमा परेपछि ओलीले गत जेठ ३ गते बसेको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएका थिए।

गत भदौ २६ गते ओलीले भण्डारीसँग बालुवाटारमा रहेको निवासमै पुगेर साढे दुई घण्टा छलफल गरेका थिए। पार्टीभित्रको संकट व्यवस्थापनसँगै राजनीतिक हिसाब गरेर उनी भण्डारीलाई भेट्न गएका थिए।

देशभरबाट नेतृत्व छोड्न ओलीमाथि दबाब बढिरहेको बेला उनले भण्डारीसँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको थियो।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १५:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !