विमानस्थलबाट ५३६ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट ५३६ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १३:२४
विमानस्थलबाट ५३६ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कतारको दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्। उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, कतारबाट काठमाडौं आएका एक नेपाली नागरिक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी रहेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !