नेपाली कांग्रेस कमला नगर सभापतिमा चन्देश्वर यादव पनि भिड्ने

नेपाली कांग्रेस कमला नगर सभापतिमा चन्देश्वर यादव पनि भिड्ने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १३:०६
नेपाली कांग्रेस कमला नगर सभापतिमा चन्देश्वर यादव पनि भिड्ने

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापतिका लागि चन्देश्वर यादवले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेता यादवले ‘मधेशपत्र’सँग कुरा गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिकाको नगर सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।

ADVERTISEMENT

यादव यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि कमला नगर सभापतिका उम्मेदवार थिए । त्यतिबेला उनी शिवशंकर यादवसँग पाँच मतले पराजित भएका थिए ।

यसपटक भने पुनः नगर सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको यादवले बताए । पार्टी संगठनलाई थप सक्रिय बनाउने र कार्यकर्ताबीच समन्वय गर्दै अघि बढ्ने उनको भनाइ छ ।

यादव कमला नगरपालिका–५ का स्थानीय हुन् । उनी कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवका भाइसमेत हुन् ।

१५औँ महाधिवेशन नजिकिँदै जाँदा कमला नगरपालिकामा नगर सभापति पदका लागि आकांक्षीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १३:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !