दुई करोडमा बनेको ‘हनुमान अंश’ ले कमायो ३६६ करोड भारू

दुई करोडमा बनेको ‘हनुमान अंश’ ले कमायो ३६६ करोड भारू
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार १९:१८
दुई करोडमा बनेको ‘हनुमान अंश’ ले कमायो ३६६ करोड भारू

काठमाडौँ : कम बजेटमा बनेको फिल्म ‘हनुमान अंश’ ले आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले हालसम्म विश्वभर ३६६ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।

४७ दिनको ऐतिहासिक प्रदर्शनपछि फिल्मले भारतीय बक्सअफिसमा ग्रस ३३१.७० करोड र अन्तरार्ष्ट्रिय बजारमा २८०.९३ करोड भारू कमाइ गरेको छ। दुई करोड भारूमा बनेको फिल्मको कमाइ निकै आश्चर्यजनकले भएको छ। जुन बजेटभन्दा १८३ गुणाले बढी हो।

ADVERTISEMENT

न ठूलो बजेट न त ठूलो स्टारकास्ट। जसले गर्दा सुरुमा यस फिल्मको प्रचारप्रसार पनि खासै थिएन। भारतमा पहिलो दिन ‘हनुमान अंश’ले जम्मा १० लाख भारतीय रुपैयाँ कमाएको थियो।

पहिलो र दोस्रो साता कमजोर व्यापार भएपछि फिल्म हलबाट उत्रिने अनुमान भइरहेको थियो। त्यहीबेला तेस्रो सातादेखि भने फिल्मले पिकअप लिन थाल्यो।

दर्शकको सकरात्मक प्रतिक्रियाले सामाजिक सञ्जालमा फिल्मको चर्चा छायो। जुन वर्ड अफ माउथले नै दर्शक फिल्म खोज्दै हलसम्म पुग्न थाले। जसकै कारण यस फिल्मले नपत्याउँदो तरिकाले व्यापार गरेको हो।

विश्वव्यापी कमाइमा यस फिल्मले थलापति विजयको ‘जन नायकन’ (३२४ करोड), यशको ‘टक्सिक’ (३४१ करोड) र रामचरणको ‘पेड्डी’ (३४२ करोड) को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ।

विशाल चतुर्वेदीको लेखन र निर्देशनमा बनेको फिल्म नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित छ। फिल्ममा शोभिनव सत्याले नीम करोली बाबाको भूमिकामा छन्। साथै चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गे र पूर्णिमा तिवारीलगायतको अभिनय छ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १९:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !