एमाले बैठकमा सुहाङको चिन्ता : ‘हामीप्रतिको विश्वास र भरोसा टुट्दैछ’

एमाले बैठकमा सुहाङको चिन्ता : ‘हामीप्रतिको विश्वास र भरोसा टुट्दैछ’
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार १९:००
एमाले बैठकमा सुहाङको चिन्ता : ‘हामीप्रतिको विश्वास र भरोसा टुट्दैछ’

काठमाडौँ: नेकपा (एमाले) का केन्द्रीय सदस्य सुहाङ नेम्वाङले जनताको विश्वास र भरोसा टुट्दै गएको बताएका छन्।

बुधबार एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेम्वाङले पार्टीको अवस्था ठिकठाक नभएको बताए। ‘हामीप्रतिको विश्वास र भरोसा टुट्दै गएको छ’, नेम्वाङले भने, ‘ठिक छ भनेर असत्य बोल्नु हुन्न। क्रान्तकारीहरूले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनुहुन्न।’

ADVERTISEMENT

उनले जनतासँग जोडिन अब नयाँ मार्गचित्र चाहिने बताए। पुरानै ढंगले अब पार्टी नचल्ने उनको भनाइ थियो।

‘मेरो अनुरोध छ कि समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस्। हामी त्यहाँ कसरी हिड्ने त्यो भनीदिनुस्,’ नेम्वाङले भने, ‘कि हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्– हामी पार्टी र आन्दोलनलाई सारा बन्दन र षडयन्त्रबाट बाहिर निकालेर तपाईंहरूको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं। त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ।’

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १९:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !