भोला साह रास्वपाको कुनै पदमा छैनन् : मधेश प्रदेश र जिल्ला समितिको स्पष्टीकरण

भोला साह रास्वपाको कुनै पदमा छैनन् : मधेश प्रदेश र जिल्ला समितिको स्पष्टीकरण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार १८:३३
भोला साह रास्वपाको कुनै पदमा छैनन् : मधेश प्रदेश र जिल्ला समितिको स्पष्टीकरण

जनकपुरधाम : रौतहटका भोला साहको घरमा अवैध सामान भेटिएको घटनासम्बन्धी समाचारमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता भनेर उल्लेख गरिएकोप्रति पार्टीले आपत्ति जनाएको छ ।

रास्वपा मधेस प्रदेश र रौतहट जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साह पार्टीको कुनै पनि आधिकारिक पद, कमिटी वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् ।

ADVERTISEMENT

पार्टीका समर्थक वा शुभेच्छुक हुनु र आधिकारिक नेता वा पदाधिकारी हुनु फरक विषय भएको उल्लेख गर्दै रास्वपाले व्यक्तिगत गतिविधि वा घटनाका आधारमा साहलाई पार्टीको नेता भनेर प्रस्तुत गर्नु तथ्यसंगत नभएको जनाएको छ ।

समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित व्यक्तिको पार्टीगत हैसियत र जिम्मेवारी आधिकारिक स्रोतबाट यकिन गर्न सञ्चारमाध्यमलाई पार्टीले आग्रह गरेको छ ।

तथ्य पुष्टि नगरी ‘रास्वपा नेता’ भनेर समाचार सम्प्रेषण गर्दा आमपाठक तथा दर्शकमा भ्रम सिर्जना हुन सक्ने भन्दै समाचार सम्प्रेषणमा संवेदनशील हुनसमेत पार्टीले आग्रह गरेको छ ।

रास्वपा नेताको घरमा छापा : ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १८:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !