परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
अभिमनु पटेल अभिमनु पटेल २०८३ आश्विन ७, बुधबार १६:५१
परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट : रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, सन्तपुर निवासी गम्भीरा दासका ३५ वर्षीय छोरा गोविन्दा दास रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरी चौकी मोतिपुर र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा निगरानी तथा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। सो क्रममा दासको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएका बेला हतियारसहित भारतीय नागरिक पक्राउ परेपछि सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।

प्रहरीले बरामद हतियारको स्रोत, त्यसको सम्भावित प्रयोग तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे नरहेको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १६:५१
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !