कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार १४:०१
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई तोक्न प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार १४:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !