त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार १२:१४
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेका छन् ।

ADVERTISEMENT

सोमबार त्रिपुरेश्वरमा भएको आगलागीको घटनामा अर्जुनले दावा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता र नागरिकता समेत प्रयोग गरेको पाइएको छ । अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने भएकाले यसबारे थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत अर्जुन संलग्न थिए । उक्त घटनापछि उनी फरार रहेको र त्यसबेला सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएका विभिन्न परिचयपत्र तथा कागजात र अर्जुनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार १२:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !