स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध, एक वडा सभापति महिला

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध, एक वडा सभापति महिला
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार ११:३३
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध, एक वडा सभापति महिला

स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका सबै ९७ वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा समितिको नेतृत्व चयन गरिएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार जिल्लाका ११ स्थानीय तहअन्तर्गतका ९७ वडामध्ये ९६ वडामा वडा समिति निर्विरोध चयन भएका छन् । वालिङ नगरपालिका–१३ मा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

ADVERTISEMENT

वालिङ–१३ को वडा सभापतिमा ईश्वरी गैह्रे निर्वाचित भएकी छन् । उनले १०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राजकुमार गैह्रेले ४० मत पाएका थिए ।

काफ्लेका अनुसार जिल्लाका सबै वडामा क्षेत्रीय प्रतिनिधिसमेत सहमतिका आधारमा चयन भएका छन् ।

यसैबीच, ९७ वडामध्ये पुतलीबजार नगरपालिका–४ मा मात्रै महिला वडा सभापति चयन भएकी छन् । उक्त वडामा लीलावती पौडेल निर्विरोध सभापति निर्वाचित भएकी हुन् ।

वडा अधिवेशन सम्पन्न भएसँगै कांग्रेसले स्याङ्जामा वडा तहको नेतृत्व चयन प्रक्रिया पूरा गरेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ११:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !