एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार ११:०९
एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज मंगलबार पनि जारी छ। सोमबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

सोमबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम छ।

ADVERTISEMENT

बैठक हलमा मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई मोबाइल बाहिरै राख्न र बैठकका क्रममा मोबाइल नचलाउन आग्रह गरेका छन्।

बैठकमा अडिओ तथा भिडिओ रेकर्ड गर्नसमेत नपाइने अध्यक्ष ओलीले बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ११:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !