कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा, लम्साल आउँदै

कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा, लम्साल आउँदै
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार ०९:५४
कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा, लम्साल आउँदै

जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्रवणकुमार साहको सरुवा भएको छ । उनलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा सरुवा गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सोमबार गरिएको ३५ जना उपसचिवको सरुवासम्बन्धी निर्णयअनुसार साहलाई कागेश्वरी मनोहरा नगरपालिकामा खटाइएको हो ।

ADVERTISEMENT

साहको सरुवासँगै कमला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौंको तारकेश्वर नगरपालिकाका अधिकृत धर्मराज लम्साल आउने भएका छन् ।

आगामी फागुनमा निर्वाचन गर्ने तयारी भइरहेको चर्चा भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्ने क्रम जारी राखेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवाले स्थानीय तहको प्रशासनिक नेतृत्वमा फेरबदल ल्याउने भए पनि कमला नगरपालिकामा नयाँ अधिकृतको आगमनसँगै प्रशासनिक कामकाज कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ०९:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !