बोल्न सक्ने अवस्थामा छैनन् आगलागी भएका बसका चालक, बर्न अस्पताल लगियो

बोल्न सक्ने अवस्थामा छैनन् आगलागी भएका बसका चालक, बर्न अस्पताल लगियो
मधेश पत्र मधेश पत्र २०८३ आश्विन ५, सोमबार १३:२४
बोल्न सक्ने अवस्थामा छैनन् आगलागी भएका बसका चालक, बर्न अस्पताल लगियो

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार मध्याह्न भएको बस आगलागीमा परी चालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ऋद्धिसिद्धि यातायातको उक्त बसका चालक २५ वर्षीय दावा लामा रहेका छन्।

ADVERTISEMENT

आगोले जलेर घाइते भएका लामालाई उद्धार गरी तत्काल उपचारका लागि बर्न अस्पताल लगिएको छ। उद्धार गर्दा चालक बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार घटनाको यकिन कारण खुल्न सकेको छैन।

‘एक्कासी गाडीमा आगो लागेको देखिन्छ। चालकलाई भित्रबाट निकालेर हाल बर्न अस्पताल लगेका छौँ,’ सूचना अधिकारी सुवेदीले भने, ‘गाडीबाट बाहिर निकाल्दा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ।’

मध्याह्न सडकमा गुडिरहेको बसमा अचानक आगो लागेपछि सडक छेउछाउ रहेका बिजुली तथा इन्टरनेटका तारहरूमा समेत क्षति पुगेको थियो।

दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीका कारण त्रिपुरेश्वर क्षेत्रको सवारी आवागमन केही समय पूर्ण रूपमा प्रभावित बनेको थियो।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १३:२४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !