जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार ११:४६
जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत असोज २ गते दिउँसो करिब १२ः३० बजे जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अस्पतालको बर्थिङ सेन्टरमा घटना भएको थियो।

ADVERTISEMENT

बर्थिङका लागि अस्पताल आएकी महिलाका आफन्तले अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का ३० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिन रहेका छन्।सुधिरा टिकटक स्टार हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई असोज २ गते धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त कसुरमा दोषी ठहर भएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ११:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !