धनुषाको महेन्द्रनगरमा भन्सारको संयुक्त छापा, चार ट्रक अवैध सामग्री बरामद

धनुषाको महेन्द्रनगरमा भन्सारको संयुक्त छापा, चार ट्रक अवैध सामग्री बरामद
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार २१:२१
धनुषाको महेन्द्रनगरमा भन्सारको संयुक्त छापा, चार ट्रक अवैध सामग्री बरामद

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जनकपुर भन्सार कार्यालय धनुषाले संयुक्त रूपमा एक गोदाममा छापा मारेको छ।

जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मार्दा चार ट्रक अवैध सामग्री बरामद गरेको हो।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानबाट बरामद सामग्री भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको खुलेको छ। उक्त सामग्री शंकर साह नामका व्यापारीको रहेको बुझिएको छ।

बरामद सामग्रीमा बैशाखा फर्सीको बीउ, किराना सामग्री तथा पटाकालगायत रहेका छन्।

गोदाममा २ सयभन्दा बढी बोरा सामग्री रहेको प्रारम्भिक रूपमा देखिएको छ।

बरामद सामग्रीको विवरण संकलन गर्ने काम भइरहेको जनकपुर भन्सार कार्यालय धनुषाका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले जानकारी दिए।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार २१:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !