जनकपुरमा घरमा आगलागी हुँदा पूर्वशिक्षकको जलेर मृत्यु

जनकपुरमा घरमा आगलागी हुँदा पूर्वशिक्षकको जलेर मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार ८:१३
जनकपुरमा घरमा आगलागी हुँदा पूर्वशिक्षकको जलेर मृत्यु

जनकपुरधाम : जनकपुरधाममा गएराति घरमा आगलागी हुँदा एक पूर्वशिक्षकको जलेर मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।

ADVERTISEMENT

स्थानीयका अनुसार राति अचानक घरमा आगलागी भएको थियो । आगलागी भएपछि भाग्न नसक्दा सहनीको जलेर मृत्यु भएको उनीहरूले बताएका छन् । घटनाका बेला घरमा रहेकी उनकी नातिनी भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक हुन् ।

प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेको छ । आगलागीको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ८:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !