संविधान दिवसमा १ हजार विद्यार्थीलाई विद्यालय पोसाक वितरण

संविधान दिवसमा १ हजार विद्यार्थीलाई विद्यालय पोसाक वितरण
मधेश पत्र मधेश पत्र २०८३ आश्विन ४, आईतवार ००:१५
संविधान दिवसमा १ हजार विद्यार्थीलाई विद्यालय पोसाक वितरण

सर्लाही : संविधान दिवसको अवसरमा सर्लाहीको बलरा नगरपालिका–५ अर्नाहास्थित श्री सरस्वती अमरेश बबुनन्दन सिंह माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत करिब १ हजार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले विद्यार्थीलाई पोसाक वितरण गरिएको जनाइएको छ।

विद्यालयका बालविकास कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी पोसाक वितरण गरिएको हो। विद्यालय पोसाक वितरणले विद्यार्थीमा नियमित विद्यालय उपस्थितिका साथै अध्ययनप्रति थप उत्साह बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागिता रहेको थियो।

प्रतिनिधिसभा सदस्य सिंहले विद्यार्थीको शैक्षिक विकाससँगै विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा आवश्यक सहयोग र पहल गर्ने बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ००:१५
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !