कांग्रेसको १५औँ वडा अधिवेशन : कमला–७ को सभापतिमा योगेन्द्र मरिक यादव चयन

कांग्रेसको १५औँ वडा अधिवेशन : कमला–७ को सभापतिमा योगेन्द्र मरिक यादव चयन
मधेश पत्र मधेश पत्र २०८३ आश्विन ३, शनिबार २३:२६
कांग्रेसको १५औँ वडा अधिवेशन : कमला–७ को सभापतिमा योगेन्द्र मरिक यादव चयन

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनबाट कमला नगरपालिका–७ को वडा सभापतिमा योगेन्द्र मरिक यादव सर्वसम्मत चयन भएका छन्।

शनिबार सम्पन्न वडा अधिवेशनले यादवलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो।

ADVERTISEMENT

यादव लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन्। पार्टी संगठनमा निरन्तर सक्रिय रहेका उनी यसअघि शिक्षण पेसामा समेत आबद्ध थिए। उनी पूर्वशिक्षकसमेत हुन्।

वडा सभापतिमा चयन भएपछि यादवले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै वडा तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनबाट वडा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार २३:२६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !