नदीको बालुवालाई ‘ह्वाइट गोल्ड’ बनाउने कानुन ल्याउँदैछौं : मन्त्री साह

नदीको बालुवालाई ‘ह्वाइट गोल्ड’ बनाउने कानुन ल्याउँदैछौं : मन्त्री साह
मधेश पत्र मधेश पत्र २०८३ आश्विन ३, शनिबार १३:३७
नदीको बालुवालाई ‘ह्वाइट गोल्ड’ बनाउने कानुन ल्याउँदैछौं : मन्त्री साह

काठमाडौँ : नेपालका नदीमा रहेका बालुवा बेचेर पैसा कमाउन सकिन्छ कि भनेर नयाँ कानुन ल्याउन लागिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा मन्त्री दीपक कुमार साहले उक्त कुरा बताएका हुन् ।

ADVERTISEMENT

समितिमा विचाराधीन ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री साहले नदीको बालुवा सदुपयोग गर्ने गरी कानुनी प्रबन्ध गर्न लागिएको हो।

‘फोहोरलाई मोहर बनाएजस्तै बालुवालाई ह्वाइट गोल्ड (सेतो सुन) बनाउन सकिन्छ कि भनेर लागेका छौं,’ मन्त्री साहले भने ।

खानी तथा खनिज पदार्थ विधेयक समितिबाट अगाडि बढाउनुपर्ने मन्त्री साहको भनाइ थियो। खोलाहरू सफा गर्नका लागि कानुनी व्यवस्था पनि सरकारले गर्ने उनले बताए । ‘खोला सफा गर्ने लगायतका ऐन ल्याइहाल्नुपर्ने छ,’ उनले भने ।

मन्त्री साहले कोसी नदीमा मात्रै वर्षमै करोडौंको बालुवा निकाल्न सकिने बताए ।

समितिले विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न गरेको छ। आगामी बैठकहरूमा विधेयकमा दफावार छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार १३:३७
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !