नेपाली कांग्रेस कमला–४ को उपसभापतिमा आशिष लाल यादवको उम्मेदवारी

नेपाली कांग्रेस कमला–४ को उपसभापतिमा आशिष लाल यादवको उम्मेदवारी
मधेश पत्र मधेश पत्र २०८३ आश्विन ३, शनिबार १२:४८
नेपाली कांग्रेस कमला–४ को उपसभापतिमा आशिष लाल यादवको उम्मेदवारी

जनकपुरधाम : आशिष लाल यादवले नेपाली कांग्रेस कमला नगरपालिका–४ को वडा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेसमा विगत ६ वर्षदेखि सक्रिय रहँदै पार्टीका विभिन्न गतिविधि तथा संगठनात्मक काममा सहभागी हुँदै आएका यादवले वडा अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।

ADVERTISEMENT

भोलि अर्थात् असोज ४ गते हुने वडा अधिवेशनमा उनले कमला नगरपालिका–४ को वडा उपसभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा वडास्तरमा कांग्रेसको संगठनलाई प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिन लागेको यादवले बताएका छन्।

यादव लामो समयदेखि पार्टीको संगठन निर्माण तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएको बताइएको छ। वडा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले आफ्नो उम्मेदवारीलाई उनले कार्यकर्ताको विश्वास र जिम्मेवारी प्राप्त गर्ने अवसरका रूपमा लिएका छन्।

उनले आफूलाई उपसभापति पदमा निर्वाचित गराउन वडा तहका नेता तथा कार्यकर्तासँग सहयोग र समर्थनको अपेक्षा समेत गरेका छन्।

कमला नगरपालिका–४ मा हुने वडा अधिवेशनले सभापतिसहित पदाधिकारी तथा वडा कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार १२:४८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !