भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २, शुक्रबार १७:४०
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले भारत, चीन र अमेरिकासहित विभिन्न १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गर्यो।

विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धान, विज्ञता तथा नेतृत्व अनुभवका आधारमा राजदूतहरूको नाम सिफारिस गरिएको सरकारले जनाएको छ।

ADVERTISEMENT

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (युके)का लागि पूर्व प्रधानसेनापति गौरवशमशेर जबरा राणा (अवकाशप्राप्त), जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णको नाम प्रस्ताव गरिएको छ।

यसैगरी, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ।

सरकारले प्रस्तावित राजदूतहरूको नाम अब संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सम्बन्धित देशबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १७:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !